Everett आवास उत्पादन योजना (HPP) (नेपाली)
CHANGE LANGUAGE:
संक्षिप्त विवरण
Everett आवास उत्पादन योजना (HPP) एभरेटमा आवासको भविष्यका लागि योजना बनाउने समुदाय र डाटा-सञ्चालित प्रक्रिया हो। योजनाले एभरेटमा आवश्यक पर्ने घरहरूको प्रकार, बासिन्दाहरूलाई उनीहरूको आवास लक्ष्य र चुनौती र स्थानीय नीतिहरू विचार गर्नका लागि कसरी सहायता गर्ने भन्ने बारेमा जानकारी उपलब्ध गराउने छ। यस योजनामा विशेष ध्यान दिनुको उद्देश्य एभरेटका निवासीहरूको आवश्यतकताहरू पूरा भएको सुनिश्चित गरेर विस्थापन रोक्नु हो जसकारण उनीहरूले आवसका लागि अर्को ठाउँ खोज्नुपर्दैन। सहरले HPP पूरा गर्नका लागि प्राविधिक सहायता उपलब्ध गराउन महानगरीय क्षेत्र योजना परिषद् ( Metropolitan Area Planning Council, MAPC) लाई नियुक्त गरेको छ। यसका साथै, सहर, MAPC, सल्लाहकार समिति र सामुदायिक साझेदारहरूले आगामी पाँच वर्षका लागि एभरेटमा आवास नीतिको दृष्टिकोण र दिशा सेट गर्न काम गर्ने छन्।
एभरेट HPP ले आवास उत्पादन योजनाका सबै आवश्यकता पूरा गर्ने छ। यस प्रक्रियामार्फत, हामी Everett को आवास स्टक विस्तार र विविधीकरण गर्न साथै आम्दानीहरूको दायरामा मानिसका लागि किफायती वृद्धिका लागि काम गर्ने छौँ। शहरले समुदायमा आवासको आवश्यकताका बारेमा सचेतना जगाउन, ऐतिहासिक रूपमा सीमान्तकृत जनसंख्यासँग जोड्न र सिक्न, क्षेत्र निर्धारणको अग्रिम संशोधन र आवासको आवश्यकता र माग पूरा गर्न अन्य रणनीतिहरू लागू गर्न यो योजना प्रयोग गर्ने छ। रणनीतिहरू लागू भएपछि, Everett मा आवास अवसर दुवै विस्तार हुने छ र विस्थापनको जोखिम कम हुने छ भन्ने कुराको अपेक्षा गरिन्छ। योजनाले यी लक्ष्यहरू पूरा गर्न स्रोतहरूलाई कहाँ निर्देशित गर्ने भनेर शहरलाई मार्गदर्शन गर्ने छ।
प्रश्नहरू छन्? संलग्न हुन चाहनुहुन्छ? MAPC ([email protected]) मा Alex Koppelman, क्षेत्रीय-आवास-र-भूमि-उपयोग-योजनाकार, [email protected] मा Matthew S. Lattanzi, Esq., Everett योजना र विकासका निर्देशक र [email protected] मा Cathy Draine, Everett विविधता, समानता र समावेशीका निर्देशकलाई सम्पर्क गर्नुहोस्।
संलग्न हुनुहोस्
योजना अद्यावधिकका लागि साइन अप गर्नुहोस्:
योजना र कार्यक्रमका बारेमा अपडेटहरू प्राप्त गर्न आफ्नो नाम र इमेल ठेगाना प्रविष्ट गर्नुहोस्।
आगामी कार्यक्रमहरूः
हामी Everett का बासिन्दाहरूका विचार र योजनाहरू सङ्कलन गर्न अवस्थित सामुदायिक कार्यक्रम र शहर-व्यापी फोरमहरूमा जानकारी र स्रोतहरू साझेदारी गर्ने छौँ। हामीले अहिलेसम्म भ्रमण गरेका केही कार्यक्रमहरू तल सूचीबद्ध छन्:
सल्लाहकार समिति
योजना प्रक्रियाको नेतृत्व नगर र समुदायका प्रतिनिधिहरूको समितिले गरिरहेका छन्। थप समिति सदस्य पछि सामेल हुन सक्छन् तर हालका सदस्यहरू तल सूचीबद्ध छन्:
- Eleanor Gayhart, Program Manager, Eliot Family Resource Center
- Jay Monty, Director of Transportation and Mobility, City of Everett
- Alexander Naumann, Principal, Keverian School
- Jim Tarr, Planning Board Member, City of Everett
- Laura Rosi, Chief Executive Officer, Housing Families
- Dipendra Subedi, Board Member, Greater Boston Nepali Community (GBNC)
टाइमलाइन
योजना प्रक्रिया समर 2023 मा सुरु भयो र एक वर्ष लाग्ने अनुमान लगाइएको छ।
समर 2023
परियोजना सुरु हुन्छ
फल 2023
व्यापक आवास आवश्यकता मूल्याङ्कन र लक्ष्य सेटिङ
शिशिर ऋतु 2023
विकास अवरोध र अवसर विश्लेषण र विस्थापन जोखिम मूल्याङ्कन
स्प्रिङ 2024
रणनीति विकास र वितरणयोग्य उत्पादन
समर 2024
योजनालाई निष्कर्षमा ल्याइयो र म्यासाचुसेट्स एक्जिक्युटिभ अफिस अफ हाउसिङ एण्ड लिभेबल कम्युनिटीज (EOHLC) मा पेश गरियो